फाइल फाेटाेः
ओखलढुंगाःओखलढुंगामा जेसिभि स्काभेटर दुर्घटना भएको छ । सोलकोरीडोरको टावर (पोल) निर्माण स्थल बनाउने क्रममा दुर्घटना भएको हो ।
मंगलबार साँझ ५ः३० मा मानेभञ्ज्याङ्ग गाउँपालीका वडा नं. ५को बोलेथामडाँडामा सोलु कोरीडोरको खाल्डो खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपि पुष्पराज मल्लले बताए । दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालीका वडा नं. ३ सिस्नेरीका अन्दाजी १८ वर्षिय जीवन श्रेष्ठको घटना स्थल मै ज्यान गएको छ ।
डोजर सडकबाट करिब ८ सय मिटर तल खसेको र दुर्घटना स्तल अत्यन्त बिकट भएका कारण अहिले मृतकको लाश निकाल्ने प्रयास भई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।