अर्घाखाँची-
अर्घाखाँची जिल्ला, छत्रदेव गाउँपालिमा अवस्थित पर्यटकीय स्थल बलकोट पाैवा । आन्तरिक तथा बाहृय पर्यटकको एउटा महत्वपुर्ण गन्तव्य हाे ।
राणा शासक जंगवहादुर राणाकाे अर्घाखाँचीकै मथुरामा जन्म भई यसै पाैवामा ल्याई न्वारान गरिएकाे ईतिहाँसमा उल्लेख छ । उक्त पाैवा वि.सं. १९०४ मा तात्कालिन कर्नेल सदनसिंह टण्डनकाे नेतृत्वमा १० वर्ष लगाएर निर्माण गरिएकाे यहाँका स्थानिय बताउँछन् ।
आकर्षक एवंम कलात्मक शैलिमा निर्माण गरिएकाे उक्त पाैवा परिसरमा शिवालय लगायत अन्य मठ मन्दिरहरु पनि रहेका छन् । ऐतिहासिक उक्त पाैवाकाे पुनर्निर्माण तथा रङ राेगन गरि चिटिक्क पारिएकाे छ ।
श्री परशुरामेस्वर मन्दिर सञ्चालक समिति बलकोट पौवाले यहाँ आई पाैवाकाे अवलाेकन गरि जिल्लाकाे पर्यटन प्रवर्दनमा सहयाेग पुर्याउन सबैसँग आग्रह गरेकाे छ ।
जंगबहादुरकाे न्वारन गरिएकाे अर्घाखाँचीकाे बल्काेट पाैवा(फाेटाे फिचर)
