कोरियामा भिषा अवधि सकिन लागेका विदेशीलाई ५० दिन थप भिषा दिईने

 

४ वर्ष १० महिना पूरा गरी फर्किन लागेका पनि ५० दिन थप बस्न पाउने

सिओल —
कोरिया सरकारले कोरोना भाईरस प्रभावका कारण भिषा अवधि सकिने चरणमा रहेका  विदेशीकालागि ५० दिन भिषा थप गर्ने भएको छ । कोरियाको न्याय, श्रम र सामुद्री मामिला तथा मत्स्य मन्त्रालयका प्रतिनिधिहरुको आज वसेको वैठकले सो निर्णय गरेको कोरियाली संचार माध्यमले जनाएका छन् ।
भिषा अवधि सकिन लागेका वा सकिईसकेका ई—९ र ई —१० भिषाका प्रवासी श्रमिकहरुलाई सो सुविधा प्रदान गर्ने निर्णय भएको बताईएको छ ।
कोरोना संक्रमणका कारण कोरिया आउने विदेशीको संख्यामा कमी आएका कारण जनशक्ति अभाव भएको भन्ने गुनासो आएपछि सो निर्णय गरिएको मन्त्रालयको भनाई छ ।
५० दिनको भिषाकालागि अध्यागमनमा जान नपर्ने गरी व्यवस्था मिलाईने मन्त्रालयको भनाई छ । विद्यार्थीको हकमा पनि अध्यागमनमा जानु नपर्ने बताईएको छ ।
न्याय मन्त्रालयका अनुसार ईपियस कामदारको हकमा ४ वर्ष १० महिनाको अवधि पूरा भएर स्वदेश फिर्ता हुने चरणमा रहेका विदेशीको पनि ५० दिन भिषा अवधी बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *