कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका

सिओल –
शुक्रवार दिउँसो ४ बजे सम्मको तथ्याङक अनुसार कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । मंगलवार सम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ ।
पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगु स्थित सिनछनजी चर्चसँग सम्बन्धीत रहेको केन्द्रले बताएको छ । कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने ख्यङसान बोग्दो प्रान्तमा मात्र १ सय ५३ जना संक्रमित भेटिएका छन् । यो संख्यामा पनि १ सय ४४ जना थेगु स्थित सिनछन चर्चसँग सम्बन्धीत रहेको केन्द्रको भनाई छ ।
हिँजो ख्यङनाम क्विनदाओ अस्पतालमा एकजना संक्रमितको निमोनियाका कारण मृत्यु भएको थियो । सोहि अस्पतालले आज विहान १६ जना संक्रमित भर्णा भएको बताएको छ । कोरियामा क्विनदाओ र थेगु कोरोना संक्रमितहरुको केन्द्र मानिएको केन्द्रले जनाएको छ ।
आज मात्रै १६ हजार १ सय ९६ जनाले कोरोना परिक्षण गरेकोमा १० हजार ३ सय १६ लाई नेगेटिभ देखिएको र बाँकीकोे परीक्षण चलिरहेको केन्द्रको भनाई छ ।
सिनछन चर्चमा धेरै मानिसहरु बन्द कोठाभित्र प्रार्थना गर्दा संक्रमण फैलिएको केन्द्रको दावी छ ।
केन्द्रका प्रमुख चुङ युन क्युङले भने , ‘‘ संक्रमणको प्रकृति हेर्दा, संक्रमितको संख्या ठुलो भएको अनुमान गर्न सकिन्छ । हामी अनुसन्धान गरिरहेका छौँ, चर्चमा कसरी संक्रमण पुग्यो ? हामीलाई थाहा छ, चर्चका अन्य देशहरुमा पनि शाखाहरु छन, जस्तै चिन, हुवेईमा पनि यसको शाखा छ की भन्ने विषयमा हामी बुझ्दै छौँ । ’’
केन्द्रले उक्त चर्चसँग सम्बन्धीत थप ५ सय ४० जनामा लक्षण देखा परेको बताएको छ ।
सिनछन चर्चबाट फैलिएको कोरोनाबाट जोगिन त्यहाँको स्थानिय सरकारले अत्यावसेक बाहेक अन्य समयमा घर बाहिर नजान सर्कसाधारणसँग अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *