कैलाली र रौतहटमा थप २ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं– नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो।

कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिए।

उनी गत चैत २८ गते कैलालीकै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट घर गएकी थिइन्र दुई हप्तासम्म क्वारेन्टाइनमा बसेकी उनको र्‍यापिड डाइग्नोस्टिक टेष्ट किटबाट नेगेटिभ आएपछि उनी घर गएकी थिइन्।

तर घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो। उनलाई अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीले एम्बुलेन्समा हालेर अस्पतालको आइसोलेसनमा लगेका हुन्।

र्‍यापिड किटमा नेगेटिभ र पिसिआरमा पोजेटिभ देखिएपछि यसले र्‍यापिड किटको गुणस्तरमा थप प्रश्न उठाएको छ।

मन्त्रालयले विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिएको किट नेपाल भित्र्याएको हो। उक्त किटका विषयमा यसअघि नै प्रश्न उठको थियो। तर मन्त्रालयले गुणस्तरका विषयमा प्रश्न उठेको किट नै प्रयोग गरेको हो।Nepallive

Leave a Reply

Your email address will not be published. Required fields are marked *