सिओल-दक्षिण काेरियामा पछिल्लाे एक साताकाे अवधिमा ३ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा धादिङका मैनी तामाङ, कास्की घर भएकी सबी भण्डारी र रुकुमका दिपक सिञ्जाली रहेकाे गैर आवाशिय नेपाली संघ दक्षिण काेरियाले जनाएकाे छ । तामाङकाे दुर्घटनामा परी ज्यान गएकाे हाे भने अन्य दुईजनाकाे हृदयघातका कारण मृत्यु भएकाे संघले जनाएकाे छ । सिँजालीकाे आईतवार ज्यान गएकाे हाे । छुङछननाम्दाेमा कार्यरत ३९ वर्षिय सिञ्जाली विगत १० वर्षदेखि काेरियामा कार्यरत रहेकाे बताईएकाे छ ।
काेरियामा पछिल्लाे एक सातामा तीन नेपालीकाे ज्यान गयाे
