काेरियाकाे थेगुमा बुधवार(आज) एकैदिन १० जनामा काेराेना भाईरसकाे संक्रमण भेटिएकाे छ । त्यस्तै आज नै ग्यङबाेकमा पनि तीन जनालाई भाईरसकाे संक्रमण भेटिएकाे पुष्टि भएकाे छ । याे सँगै काेरियामा आज एकै दिन १३ जनामा भाईरसकाे संक्रमण भेटिएकाे हाे । ग्यङसानबाेक्दाेमा आज विहान ९ बजे सम्मकाे अपडेट अनुसार १३ जनामा एकैदिन भेटिएकाे प्रदेश कार्यालयकाे भनाई छ । यस्ले थेगु क्षेत्र काेरियामा काेराेना संक्रमणकाे केन्द्र भएकाे देखाएकाले सतर्क रहन सरकारले अपिल गरेकाे छ । थेगु स्थित एउटा चर्चका दश जना परीक्षणकालागि आएकाेमा ७ जनामा काेराेनाकाे संक्रमण भेटिएकाे बताईएकाे छ । यस अघि हिँजाे थेगुमा एक जना ६१ वर्षिया महिलामा काेराेना देखिएकाे थयाे । ती महिला संक्रमण पछि पनि चर्च गएका कारण चर्चका थप १० जनालाई संक्रमण सरेकाे बताईएकाे छ । ती महिलासँग सम्पर्कमा रहेका अन्य २ जनालाई पनि संक्रमण देखिएकाे छ । त्यस्तै उनी चेकजाँच गर्न गएकाे अस्पतालका १ जना कर्मचारीलाई समेत संक्रमण सरकाे पाईएकाे काेरियाका नेपाली डाक्टर राजेश चन्द्र जाेशीले जानकारी दिए । राेग सर्न सक्ने भन्दै अहिले थेगुका यङनाम युनिभर्सिटी हअस्पताल, ख्यङबाेक अस्पताल र क्रिमेङ अस्पतालका आकस्मिक कक्ष बन्द गरीएकाे छ । फाेटाे स्राेत :सउल सिनमुन
काेरियामा आज एकै दिन १३ जनामा काेराना संक्रमण, थेगुमा मात्रै १० जना
