दक्षिण काेरियाकाे थेगुमा मंगलबार काेराेना भाईरसकाे पछिल्लाे १ जना संक्रमित भेटिएकाे छ । थेगुमा एक ६१ वर्षिया महिलामा भाईरसकाे संक्रमण भेटिएकाे काेरियाली डाक्टरहरकाे संस्था केसीडिसीले जनाएकाे छ । याे सँगै काेरियामा काेराेना भाईरसबाट संक्रमित हुनेकाे संख्या ४६ पुगेकाे छ । मंगलबार सम्मकाे सरकारी तथ्याङ्क अनुसार भाईरसबाट संक्रमित हुनेकाे संख्या ४६ पुगेकाे काेरियाली संचार माध्यमले जनाएका छन् । यसैविच काेरियाका नेपाली डाक्टर राजेश चन्द्र जाेशीले संक्रमण काेरिया भरी नै फैलिएकाले सचेत रहन यहाँका नेपालीसँग आग्रह गरेका छन् । काेरियामा मंगलवार सम्म ९ सय ५७ जना क्वारेन्टाईनमा रहेकाे जाेशीले बताए । चिनकाे बुहानबाट सुरु भएकाे उक्त भाईरसका कारण चिनमा मात्रै हाल सम्म १८०० ले ज्यान गुमाईसकेका छन । त्यस्तै ३ हजार १ सय १२ जनालाई पूर्ण रुपमा निकाे भएकाे चिन सरकारकाे भनाई छ ।
काेरियाकाे थेगुमा भेटियाे काेराेनाकाे पछिल्लाे संक्रमण, सचेत रहन नेपाली डाक्टरकाे सुझाव
