काेराेना नियन्त्रणकालागि नेपाल सरकारले तत्काल गर्नुपर्ने १४ काम

नेपाल सरकारले काेराेना नियन्त्रणकालागि तत्काल सुरु गर्नुपर्ने पूर्व तैयारीहरु :
१) भाइरस टेस्टको लागि चाहिने आवस्यक रियाजेंट र उपकरणको संचित गर्ने।
२) कम्तिमा ५ ०००० जनालाई क्वरेण्टैन गर्न सकिने ठाउँहरुको पहिचान र बन्दोबस्त गर्ने। कम्तिमा १ ० ००० जनालाई आइसोलेसनमा राखेर उपचार गर्न सक्ने संयन्त्र तयार पार्ने। यसको लागि आबस्यक जनसक्ति, उपकरण र अन्य सामाग्रीहरुको व्यवस्था गर्ने।
३ ) आतंक फैलाउनु भन्दा जनमानसलाई संयम रहन र आबस्यक साबधानिका उपायहरु अपनाउने बारे बिभिन्न संचार माध्यामबाट आक्रामक संदेशहरु प्रसारण गर्ने
४) सरकारले तत्कालै स्वास्थ्यकर्मीहरु परिचालन गरेर हटलाइनको व्यवस्था गर्ने। स्वास्थ्य सस्था आउनु आगाडी हटलाइनमा सम्पर्क गर्न लगाउने। सम्भावित लक्षण भएकाहरुको जानकारी लिने र सम्भव भए सम्म घरमा नै गएर नमुना संकलन र परिक्षण गर्ने।
५ ) संक्रमित व्यक्ति पहिला स्वास्थ्य सस्थाहरुमा उपचार र निदानको लागि पुग्ने हुनाले स्वास्थ्यकर्मी, अन्य बिरामी र बिरामी कुरुवाहरु उच्च जोखिममा रहेका हुन्छन।
६ )स्वास्थ्य सस्थाहरुमा शुद्ध पानी र साबुनको राम्रो व्यवस्था गर्ने। हात धुने लगायतका व्यक्तिगत सरसफाइलाई स्वास्थ्य सस्थाहरुमा कडाइका साथ लागु गर्ने। जनतामा पनि यसको महत्व बुझाउने र यसलाई अभियानको रुपमा अगाडी बढाउने।
७ ) बिरामीहुदा सकेसम्म एक्लै अस्पतालमा जाने, सो सम्भव नहुने भए १ जना मात्र लिएर जाने।
८ ) यो रोगको लागि चाहीने बिशेष मास्क (धुलोको लागि अधिकांसले लगाउने फेसमास्कले काम गर्न्दैन) को उचित बन्दोबस्त गर्ने। नेपाल भित्रै यसको उत्पादनको सम्भाव्यताको लेखा जोखा गर्ने।
९ ) ठुला आमसभा, भोज-भतेरलाइ बन्देज वा रोक लगाउने।
१० ) बिदेसबाट नेपाल आउने मुख्य नाकाहरुमा कम्तिमा पनि ज्वरो नाप्ने व्यवस्था गर्ने। ज्वरो देखिएमा द्रुत रुपमा निदानको लागि थप व्यवस्था गर्ने।
११) सकेसम्म आफ्नो यात्रालाई न्यूनीकरण गर्ने।
१४) बृद्ध र अन्य रोग भएका हरु बढी जोखिममा हुने भएकोले उनीहरुलाई प्राथमिकतामा राखेर हेरचाह र उपचार!!!!!
स्राेत : दिनेश न्याैपाने ( Research associates- Johns Hopkins Bloomberg School of Public Health)

Leave a Reply

Your email address will not be published. Required fields are marked *