काठमाडौं- बिहीबार बसेको उच्चस्तरिय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यका बाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ।
काठमाडौंमा बसेर अध्ययन अध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धीत जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।
लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने भएका छन्।
यसरी उपत्यका बाहिर जाने सर्वसाधरणलाई निजी वा सार्वजनिक गाडीको व्यवस्था गरी आफैं जान दिने निर्णय गरेको छ। बैठकमा रक्षामन्त्रीसहित गृहमन्त्री, स्थायीय विकास मन्त्री,कृषि मन्त्री र पर्यटन मन्त्रीमात्रै सहभागी थिए।नेपाललाईभ