ओखलढुंगामा हुने ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालियो

ओखलढुंगा । ओखलढुंगा सदरमुकामस्थित खेल मैदानमा आयोजना हुन लागेको ‘प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव’को तयारी थालिएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना र एआईके ग्रुपको सह आयोजनामा आउँदो चैत ३० गतेबाट वैशाख १० गतेसम्म  हुने महोत्सवको प्रारम्भिक तयारी थालिएको हो ।

महोत्सवका लागि सुरुवातमा प्रचारप्रसार र सरोकारवाला निकायहरुसँगको छलफल अगाडि बढाइएको छ ।  प्रचारप्रसारका लागि जिल्लाका मुख्य बजार क्षेत्रमा ब्यानर टाँग्ने काम सुरू भएको छ । यसैगरी महोत्सव शान्तिपूर्ण बनाउने विषयलाई लिएर सुरक्षा समितिको बैठक समेत बसेको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रवर्धन गर्न तयारी थालिएको महोत्सवमा रहने कूल १ सय ५० स्टलमध्ये २० ओटा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्टल रहने आयोजकले जनाएको छ ।  जिल्लामै पहिलोपटक हुन लागेको ओखलढुंगा महोत्सवलाई अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव बनाइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *