आखलढुंगाः खिजीदेम्वा गाउँपालिकाले जिल्लाको सर्वाधिक राशिको फुटबल प्रतियोगिता र राष्ट्रपति खेलकुद प्रतियोगिता आयोजना गरेर खेलकुद सप्ताह मनाउने तयारी गरेको छ । सरकारी स्तरमा सर्वाधिक राशिको फुटवल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको समापन एकसाथ आयोजना गरेको हो ।
बैशाख २७ गते शिल्डको समापन तथा फुटवल उद्घाटन एकैसाथ आयोजना गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए । उनका अनुसार खिजीदेम्वा गाउँपालिकाको खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि १ लाख ५० हजार रहेको छ । बैशाख अन्तिम सातालाई खेलकुद सप्ताहका रुपमा मनाउने भएको हो । ओखलढुंगामा सरकारी स्तरमा आयोजना गरिएको सर्वाधिक राशिको फुटवल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष रोकाले बताए ।
उनले गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डको समापनसँगै फुटबल प्रतियोगिता आयोजना गरेर खेलकुद पर्यटनलाई प्रबद्र्धन गर्न र खेल क्षेत्रको विकासमा योगदान गर्न सप्ताहव्यापी खेलकुद आयोजना गरिएको जानकारी दिए । खेलाडीहरुले राष्ट्रपति कप अन्तर्गत भलिवल, दौड तथा एथ्लेटिक्सका विभिन्न इभेन्टहरुमा गाउँपालिका भित्रका विद्यालयबाट सहभागिता जनाउने छन् भने फुटवलतर्फ भने देशभरबाट सहभागीता जनाउन पाइनेछ । प्रतियोगितामा दोस्रो हुनेले १ लाख १० हजार र तेस्रो स्थान हात पार्नेले ७५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र रहेको गाउँपालिकाले जनाएको छ ।
ओखलढुंगामा सर्वाधिक राशीको फुटबल हुँदै
