ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ मा जिप दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडाैं जाँदै गरेको बा १६ च २२०६ नं.को जिप आज दिउँसो साढे १२ बजे दरुवा पिप्ले खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाकोे घटना स्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन । घाईतेको उदयपुर जिल्लाको घुर्मीमा उपचार भई रहेको घटनास्थलमा रहेका प्रहरी चौकी हर्कपुरका प्रहरी हबल्दार लक्ष्मण शाहले जानकारी दिए ।
घटनालगत्तै हर्कपुर प्रहरी चौकीबाट प्रहरी तथा स्थानीय उद्दारमा खटिएको बताइएको छ । थप उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लको नेतृत्वमा समेत उद्दार टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिप सडकबाट ५ सय मिटर तल खसेको हो । मृतकको सनाखत भइसकेको छैन । दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।