ओखलढुंगाका किसानहरु आलु खेतीमा आकर्सित

ओखलढुंगाः ओखलढुंगाका किसानहरु व्यवसायिक आलु खेतितर्फ आकर्षित भएका छन् । छोटो समयमा थोरै लगानीमा राम्रो आम्दानी हुने भएको हुँदा किसानहरु आलुख खेती तर्फ आकर्सित भएका हुन ।
जिल्लाको बिगुटार, जन्तरखानी पात्ले, श्रीचौर, पोकली, रंगनी, भुसिङ्गा, खिजीफलाटे, खिजीकाती, खिजीचण्डेश्वरी, रावादोलु लगायतका स्थानमा असार साउनमा आलु भित्राउन भ्याई नभ्याई हुन्छ भने भध्य ताथ बेँसीका फाँटहरुमा मंसिर पौषमा लगाएको आलु भित्राउन यतिबेला किसानहरुलाई भ्याई नभ्याई छ ।
ओखलढुंगामा कुल दुई हजार नौ  सय ४८ हेक्टर भुभागमा आलु खेती गरीदै आएको तत्कालिन जिल्ला कृषि बिकास कार्यलय ओखलढुंगाको तथ्याङ्क रहेको छ । गत वर्ष जिल्लामा एक हजार ७ सय ६७ हेक्टरमा हिँउदे आलु खेती गरीएकोमा १७ हजार ९ सय ९० दशमलव ३ मेट्रिकटन उत्पादन भएको थियो ।

यो वर्ष हिउँदे आलु उत्पादनमा केही प्रतिसतले बृद्धि हुन सक्ने प्रधानमन्त्रि कृषि आधुनिकीकरण परीयोजना अन्तर्गत आलुजोन ईकाई ओखलढुंगामा कार्यरत कृषि प्राबिधिक उमा भुजेलकाे भनाइ छ । ओखलढुंगामा  हिउँदे तथा वर्षा याममा उपादन गरीएको आलु राजधानी काठमाण्डौं, तराईका जिल्ला तथा भारतीय बजारमा समेत निर्यात हुने गरेको किसानहरुको भनाई छ । जिल्लामा वर्षा याममा भन्दा हिउँदमा लगाएको आलुको उत्पादन राम्रो र छोटो समयमा हुने भए पनि भण्डारणमा समस्या हुँदा आलु कुहीएर जाने गरेकोले आफुहरु मारमा परेको लिखु गाउँपालिका वडा नं. ६ गाम्नाङ्गटारका कृषक बीरबहादुर पौडेलले बताए
११ वटा वडाकाे ५ सय हेक्माटरमा  आलुजोन कार्यक्रम

ओखलढुंगामा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परीयोजना अन्तर्गत आलुजोन कार्यक्रम लागु भएको छ । जिल्लाकोे सिद्धिचरण नगरपालीकाको वडा नं. ५, ६, र ७, जिजीदेम्वा गाउँपालिकाको वडा नं. ६, ७, ८ र ९, मोलुंग गाउँपालीकाको वडा नं. ६, ७ र ८, चिसंखु गढी गाउँपालिकाको वडा नं. ७ मा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परीयोजना अन्तर्गत आलुजोन कार्यक्रम लागु भएको हो ।
जिल्लको ५ सय हेक्टर जमिनमा पुर्ण अर्गानिक उत्पादन गर्ने लक्षका साथ कार्यक्रम लागु भए पछि किसानहरु आलु खेतीमा झन आकर्सित भएका छन् । परियोजनाले किसानका समस्यालाई सामधान गर्दे खालुखेतीमा लगानी गर्ने बताईएको छ ।
परीयोजनाले यो वर्ष जोन क्षेत्रकाे ५ सय हेक्टर जमिनमा आलु खेतीका लागी कार्यक्रम गरीरहेकोर आगामी वर्षमा जिल्लालाई सुपर जोन बनाउने लक्षका साथ लागी रहेको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परीयोजना अन्तर्गत आलुजोन ईकाई ओखलढुंगाका कार्यलय प्रमुख सुर्यबहादुर थापाले बताए । परीयोजनाका लागी कार्यालयमा ११ जना कर्मचारीको दरबन्दि भए पनि अहिले ६ जनाले जसो तसो काम धानेको कर्मचारीहरु बताउँछन् । यस बिषयमा कार्यलय प्रमुख थापा कर्मचारी समायोजनका कुराले यतिबेला कर्मचारीहरु को कता भन्ने भईरहेको कारण पनि समस्या भएको बताउँदै उनि बोल्न चाहेनन् । परीयोजनाले यो आर्थीक वर्षमा सिद्धिचरण नगरपालिका क्षेत्रमा आलु भण्डारणका लागी पोष्ट आर्वेष्ट निर्माण, मोलुंग र खिजीदेम्वा गाउँपालिमा यन्त्रिकरणमा सहयोग तथा ११ वटै वडाका ५० जना किसानलाई भकारो सुधारमा सहयोग गरेको छ ।
प्रधानमन्त्रि कृषि आधुनिकीकरण परीयोजना अन्तर्गत आलुजोन कार्यक्रममा आफुहरुलाई पनि समेटे्नु पर्ने ओखलढुंगाका तल्लो भेगका किसानहरु बताउँछन । वार्षिक २० देखी३० मुरी आलु उत्पादन गरे पनि भण्डारणमा समस्या आउने कारण आफुले उत्पादन गरेको आलु पशु आहार मात्रै बन्ने गरेको लिखु गाउँपालीका वडा नं. ८ का किसानहरुको भनाइ छ । किसानले उत्पादन गरेको आलुको वजार नहँदा भण्डारण गरेर राख्दा छोटो समयमै चाउरीने र सुक्ने समस्याका कारण आफुहरु हैरानीमा परेको कृषक तथा कृषि प्रबिधिक बेदबहादुर पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *