आमा समुहलाई निशुल्क जग्गा

ओखलढुङ्गाःओखलढुङ्गाको लिखु गाउँपालिकाको वडा नं. ८ मा आमा समुहको भवन निर्माणका लागी निशुल्क जग्गा उपलब्ध गरीएको छ । गाउँको बिचमा स्थानिय गुणराज खत्रिले आमासमुहको भवन निर्माणका लागी जग्गा उपलब्ध गाराएका हुन्।

जग्गा किन्न खोज्दा  गाउँकाे केन्द्र भागमा कसैले पनि जग्गा उपलब्ध नगराए पछि निरास भएका महिलाहरु यो समय हर्सीत भएका छन् । गाउँबाट सानैमा शहर गएका खत्रीले आफुले आफ्नो गाउँ बिकासमा र समाजका लागी केही गर्न नसके जस्तो अनुभुती भएका कारण आमा समुह संजाललाई एक रोपनि जग्गा दान गरेको बताए । आमा समुहको नेतृत्वले आफुलाई जग्गा बेच्न अनुरोध गरेको भए पनि आफ्नो पैतृक सम्पती नबेच्ने सोचका साथ जग्गा निशुल्क दिएको र केही दिनमै आफुले मालपोतमा गई रजिष्ट्रेसन पास समेत गरी दीने उनको भनाई छ । खत्रिले सविकको टारकेराबारी ५ को गैरागाउँ समीचौतारामा सडक छेउको करीव ५ लाख बराबरको जग्गा आमासमुहको भवन निर्माणार्थ निशुल्क प्रदान गरे पछि महिला लक्षीत बिभिन्न कार्यक्रम लगाएत तालीमहरु समेत संचालन गर्नका लागी सहज हुने स्थानिय देबेन्द्रराज पौडेलले बताए ।
टारकेरावारीमा आमा समुह संजालको भवन कारीतास नेपालले निर्माण गरीदिने भएको हुदा गत वर्ष देखी भवन निर्माण गर्नका लागी जग्गा खोजेको भए पनि जग्गा अभावमा नसकिएको र अव छिट्टै जग्गा सम्यायर भवन निर्माण थालीने आमा समुहकी उपाध्यक्ष बिन्दा पौडेलले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *