अलपत्र नगरपार्क, पाँच वर्षमा दुईवटा ट्रष्ट

ओखलढुंगाःओखलढुंगामा पाँच वर्ष अघि सुरु गरीएको नगर पार्क अलपत्र अवस्थामा रहेको छ । पञ्च वर्षिय योजना भए पनि पाँच वर्षमा १०० मिटर बाटो र दुईवटा ट्रष्ट निर्माण भएको कारण पार्क निर्माण अलपत्र रहेको हो ।
जिल्ला सदरमुकाम ओखलढुंगाको गुईने डाडामा निर्माण गर्न लागीएको ओखलढुंगा नगर पार्कको पाँच वर्षमा १०० मिटर बाटो र दुईवटा ट्रष्ट मात्र निर्माण सम्पन्न भएको छ । तत्कालीन सिद्धिचरण नगर बिकास समितीले सदरमुकाममा केही गरौं भन्ने उदेश्का साथ सुरु गरेको नगरपार्क पाँच वर्ष सम्म पनि अलपत्र अवस्था मै रहेको छ । सदरमुकामका बिभिन्न स्थानमा जग्गा अवलोकन गर्दा पार्कको लागी उपयुक्त जग्गा नभेटीए पछि गुईने डाडामा १३ रोपनी जग्गामा नगरपार्र्क निर्माण गर्न थालीएको भए पनि बिगतमा बिविध समस्याका कारण पार्क निर्माणमा ढिलाई भएको तत्कालीन नगरबिकास समितीका अध्यक्ष तथा सिद्धिचरण नगरपालीका वडा नं. ११ का वडा अध्यक्ष बिनोद कुमार केसीले बताए ।

वजेट कति आयोः
नगर पार्कका लागी आर्थीक वर्ष ०७०/०७१ मा १५ लाख, ०७१/०७२ मा ८ लाख, ०७३/०७४ मा ४० लाख र ०७५/०७५ मा १५ लाख गरी ७८ लाख वजेट बिनीयोजन भएको भए पनि पार्कको काम अलपत्र अवस्थामा रहेको छ । २०७० साल देखी अहिले सम्मको ७८ लाख वजेटबाट पार्क निर्माण स्थलको १३ रोपनी जग्गामा घेराबार र दुईवटा ट्रष्ट निर्माण र पार्क प्रबेसका लागी १०० मिटर सिंडी निर्माण गरीएको भए पनि पर्कमा अन्य संरचना केही बनाईएको छैन । सिद्धिचरण राजमार्ग देखी नजिक भएका कारण यात्रुहरुलाई समेत लक्षीत गरी निर्माण थालीएको पार्क ५ वर्ष सम्मपनि निर्माण सम्पन्न हुन नसक्दा पार्क निर्माणमा अनियमीतता भएको हुन सक्ने स्थानीयको आरोप छ । पार्क निर्माण थालेको देखीएको भए पनि आफुहरु संग समनवय नगरेको र कति वजेट केका लागी खर्चभएको कुनै जानकारी नभएको स्थायि युवराज राईको भनाइ छ । पार्क निर्माणमा स्थानीय तथा प्रदेश र संघिय निर्वाचनले समेत असर पारेको र त्यो समयको प्राप्त ४० लाख बजेट समेत फ्रीज भएर फर्केको कारण निर्माणमा ढिलाईभएको वडा अध्यक्ष केसीले बताउनु भयो । आर्थीक वर्ष ०७५/०७६का लागी पार्क निर्माणका लागी संघिय सरकारबाट ५० लाख र प्रदेश सरकारबाट १ करोड वजेट बिनियाजन भए पनि भवन डिभिजनले ठेक्काको टेण्डर आव्हन नगरेका कारण काममा ढिलाई भएको वडा अध्यक्ष केसीको भनाई छ । टेण्डर लागी सके पछि यो वर्ष पार्कको निर्माण सम्पन्न गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *