अर्घाखाँची । अर्घाखाँचीमा जिल्लामा साेमबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेका छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए । यसअघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्लामा अहिलेसम्म ३६ जना संक्रमित मध्ये १ जनाको मृत्यु भएको हो । ४ जनाको सन्धिखर्कको हटारीको आईशोलेसनमा उपचार भएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । नयाँ संक्रमितहरुको विवरण आएको छैन ।
पिसीआर परिक्षणका लागी नमुना संकलन गरेर पठाएकाहरुको रिपोर्ट पोजेटिभ आएको हो । अधिकांश संक्रमित सन्धिखर्कका
यसअघि अर्घाखाँचीको भुमिकास्थानका कोरोना संक्रमितको मृत्यु भएसँगै उनको सम्पर्कमा आएकाको कन्ट्रक ट्रेसिङ गरेर नमुना संकलन गरिएको थियो ।
जसमध्ये ९० प्रतिशत नयाँ संक्रमित सन्धिखर्कका रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले जानकारी दिए ।
३० जना सन्धिखर्क नगरपालिकाका र १ जना शितगंगाका रहेका छन ।