कोरोना परीक्षणका स्वास्थ्य सामग्री सहयोगकालागी कोरियाका नेपालीले गरे डेढ करोड संकलन, नेपालमा कोरियन एयरले उडान अनुमती नपाउँदा सामग्री पठाउन समस्या

सिओल ।
नेपालमा कोरोना परीक्षणकालागि आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्न कोरियाका नेपालीबाट साढे १४ करोड कोरियन वन अर्थात करीब डेढ करोड नेपाली रुपैयाँ संकलन गरिएको छ ।
गैरआवासिय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व र अन्य स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा चारदिन सम्म अर्थ संकलन अभियान सञ्चालन गरिएकोमा शनिवार साँझ सम्ममा १४ करोड २६ लाख ३७ हजार ७ सय ७९ कोरियन वन (करीब १ करोड ४१ लाख रुपैयाँ) संकलन भएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । अर्थ संकलन अभियान बन्द भएपनि कतिपय जिल्ला समितीहरुले रकम जम्मा गरिरहेकाले यो रकम १४ करोड ७५ लाख पुग्ने अनुमान गरिएको संघका महासचिव विमल सुवेदीले जानकारी दिए ।
संकलित रकमको व्यवस्थापन पनि एनआरएनए कोरियाले नै गर्ने बताईएको छ ।
संस्थाले संकलित रकमबाट आवश्यक स्वास्थ्य सामग्री खरिदकालागि डा. देवी बहादुर बस्नेतको नेतृत्वमा खरिद सल्कलाह मिटी गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाईएको छ । रकम संकलन अभियान सुरु गर्दा किट मात्र सहयोग गर्ने भनिएपनि सहयोग रकम ठुलो भएपछि त्यसबाहेक अन्य सामग्री पनि पठाउने तैयारी गरिएको महासचिव सुवेदीले बताए ।
किट खरिदकालागि यसअघि पठाउने तैयारी गरिएको किट
किट खरिदकालागि करीब ४ करोड कोरियन वन खर्च  हुन सक्ने  र  बाँकी रहेको रकमबाट अन्य सामग्री खरिदकालागि छलफल भईरहेको उनको भनाई छ ।
त्यो बाहेकका सामग्रीहरुमा पिपिई, मास्क, स्यानिटाईजर र विरामीलाई दोस्रो चरणमा परीक्षणकालागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिद गर्ने विषयमा छलफल जारी रहेको संस्थाले जनाएको छ ।
स्वास्थ्य सामग्री खरिद गरी नेपाल पठाउने विषयमा भने समस्या परिरहेको संस्थाको भनाई छ । किटलाई न्यून तापक्रममा २४ घण्टा भित्र भण्डारण गर्नुपर्ने भएकाले चिनको बाटो हुँदै पठाउन नसकिने महासचिव सुवेदी बताउँछन् । अप्रिल ३ तारिखका दिन आफ्ना यात्रु लिन नेपाल जाने अनुमती मागेको कोरियन एयरलाई पनि नेपाल सरकारले अनुमती नदिएका कारण खरिद सम्झौता गरेर उत्पादन भईरहेका किट पनि कसरी पठाउने भन्ने विषयमा नेपाल सरकारसँग छलफल भईरहेकाे  संस्थाको भनाई छ ।
स्वास्थ्य सामग्री पठाउने सम्बन्धमा पनि नेपालका सम्बन्धीत निकायले त्यहाँ प्रयोग योग्य सामग्री कस्तो हो भनी सिफारिस नगरिदिँदा अन्योलमा परिएको संस्थाका पदाधिकारी बताउँछन् । संस्थाका पदाधिकारी थप्छन ‘‘ नेपालबाट सामग्री पठाउनुस भन्ने मात्र जवाफ आउँछ, यस्तो सामग्री प्रयोग योग्य छ नेपालमा यस्तो नपठाउनुस भन्ने प्रतिक्रिया नै आउँदैन । ’’
पहिलो चरणमा किट पठाईसकेपछि अन्य सामग्रहरु विज्ञको सल्लाहका आधारमा खरिद गरि पठाउने प्रक्रिया थालिने संस्थाले जनाएको छ ।
अन्य सामग्री पठाउनकालागि पनि कोरियाबाट चिन जाने जहाज पनि नियमित उडान नरहेकाले समस्या परिरहेको सुवेदीको भनाई छ ।
कोरियाबाट सहयोग स्वरुप पठाउन लागिएका स्वास्थ्य सामग्रीको नेपालमा दुरुपयोग नहोस भन्नकालागि स्वास्थ्य सामग्रीमै एनआरएनए कोरियाको लागो प्रिण्ट देखिनेगरी सामग्री तयार गरिने संस्थाका सचिव मनोज गौतलमले बताए ।
उनले थपे, ‘‘नेपालमा पनि हामीले अरु कसैलाई जिम्मा दिनुपर्ने हुन्छ, त्यसको कहिँ कतैबाट दुरुपयोग नहोस भन्नकालागि नट फर सेल लेखेर एनआरएनए कोरियाको लोगो प्रिण्टेड सामग्री पठाउने तयारी गर्ने विषयमा छलफल गरिरहेका छौँ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *