औद्योगिक दुर्घटनामा परी कोरियामा एक नेपालीको ज्यान गयो

सौल —१५ जेठ ।
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी मंगलवार एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा धादिङ घर भई कोरियाको थाङजिनमा कार्यरत मैनी तामाङ रहेको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।
टुरिस्ट भिषामा कोरिया आएका तामाङ भिषा अवधि सकिएपछि अवैधानिक बनेर काम गरिरहेको बताईएको छ ।
विना भिषा काम गरिरहेका तामाङ गाईको गोठ बनाउने क्रममा छतबाट लडेर गम्भिर घाईते भई एक महिनादेखि उपचाररत रहेकोमा मंगलवार मृत्यु भएको सुवेदीले बताए । तामाङ गाई गोठकै साउको मातहतमा काम गरिरहेका थिए वा कुनै कन्स्ट्रक्सन  कम्पनी मार्फत काम गरिरहेका थिए भन्ने यकिन भई नसकेको बताईएको छ ।
मृत्युको विषयमा परिवारमा जानकारी भईसकेको र सान्जे नामक विमाकालागि मुद्धा लड्न वकिल लगाईएको सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *