सिओल— स्टार रेमिटको सलनाल बम्पर उपहार योजनाका विजेता राज लिम्बुलाई शनिवार सुनको औठी प्रदान गरिएको छ । विजेत लिम्बुलाई शनिवार गजेदोमा आयोजित एक कार्यक्रममा उक्त उपहार प्रदान गरिएको हो ।
पाँचथर घर भएका लिम्बु डेउमा पानी जहाज बनाउने कम्पनीमा कार्यरत छन् ।
विजेता लिम्बुलाई स्टार रेमिटका प्रतिनिधी खेम कार्की र डेउ सिप विल्डीङ कम्पनीका नेपाली क्याप्टेन नोविन्द्र कटुवालले उपहार हस्तान्तरण गरेका थिए ।
उपहार हस्तानतरण कार्यक्रममा होटल व्यवसायी मधु महत, गायिका निकिता गुरुङ लगायत त्यहाँ कार्यरत नेपालीको उपस्थिती थियो ।
रेमिटको उपहार योजना अन्तर्गत राज बस्नेत, विश्वास राय,विन राज गुरुङ, केशव थापाले लगातार दोस्रो, तेस्रो विजेता बनेका थिए । त्यस्तै सुभद्रा पालुङवा र यम कुमारी लामाले स्टार रेमिट विशेष पुरस्कार प्राप्त गरेका थिए ।
स्टार रेमिटको सलनाल उपहार विजेताले पाए सुनको औँठी
