सरकार काेराेनासँग जुधिरहेका देशलाई हेरेर पूर्व तैयारी गर्नु पर्दैन ?

 

नेपालीमा एउटा उखान छ, ‘‘के—को बेला लगन’’, साँच्चै हाम्रो मुलुकमा नेता भनाउँदा देख्दा लाग्छ यो उखान पनि यिनैको लागी बनाईएको हो । यिनीहरुलाई देख्दा लाग्छ यिनीहरू जस्तो गैरजिम्मेवारी मानव देख्न विरलै पाईन्छ ।
अहिले विश्व कोरोनाभाईरसको महामारीबाट जुधिरहेको छ । यस्तो अवस्थामा यदि नेपालले उक्त समस्यासँग जुध्नुपर्ने स्थिती आयो भने के गर्ने ? पूर्व तैयारीहरु के र्ने ? जनतालाई कसरी सचेत गर्ने ? अन्य देशहरुबाट उक्त भाईरस नेपालमा आउनबाट रोक्न के गर्ने ? लगायतका विषयमा सबै दलहरु एकजुट भई योजना तयार गर्नुपर्ने । पूर्वाधारहरु तैयार गनुपर्ने अवस्था हो । तर मेरो देशमा रटान अर्कै छ, हरुवाहरुलाई कसरी प्रधानमन्त्री बनाउने, भ्रष्टाचारीहरु कसरी जोगाउने ?

मैले यति लेखिरहेको अवस्थामा विश्वमा ८५ हजार २ सय ४ जना व्यत्तिः कोरोना भाईरसबाट संक्रमित भएको विश्व स्वास्थ्य संगठनको तथ्याङक छ । यी मध्ये २ हजार ९ सय भन्दा बढीको ज्यानै गईसकेको छ । विश्व अर्थतन्त्रमा दोस्रो मुलुकको रुपमा परिचित चिनको अति आधुनिक प्रविधि इमानदार राजनीति नेतृत्व र लगनशील स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको बिशाल प्रयासबिच यो संक्रमणको वृद्धिदर चिनको हकमा घट्दै जान थालेको भएपनी छिमेकी देश दक्षिण कोरियामा गत सातादेखी विकराल रूपमा फैलिँदै गएको छ । साथै इटाली, इराक र जापान लगायत विश्वका ६१ वटा देशमा यस्ले उपस्थिति देखाईसकेको छ ।
यसैबीच यसको मृत्युदरको तथ्यांकलाई केलाउदा समग्रमा ३ दशमलव ३४ प्रतिशत देखिन आएको छ । चिनमा मात्रै २ हजार ८ सय ३५ जनाको ज्यान गैसकेको छ भने दोस्रोमा इरानमा ३ सय ८८ संक्रमित मध्ये ३४ तथा ८ सय ८९ जना संक्रमित भएको इटालीमा २१ जनाले ज्यान गुमाईसकेका छ्न । त्यसैगरी दक्षिणा कोरियामा एक मंगोलियन नागरिक सहित १६ जनाले ज्यान गुमाईसकेका छ्न । बाँकी जापान लगायत अन्य मुलुकमा पनि ज्यान जान थालेको छ । विश्व स्वास्थ्य संगठनले समेत यो महामारीबाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिदै भाईरसले देश जाती र जातीयता नहेर्ने भन्दै कोही देश पनि भाइरस मुक्त नहुने भन्दै चेतावनी दिईसकेको अवस्थामा छ । तसर्थ यतिबेला नेपालको राजनीतिक नेतृत्व यसमा कति जिम्मेवार छ भन्ने प्रश्न खडा भैरहेकाे छ ।
एकजना संक्रमित महिलाको कारण दक्षिणी कोरियाको थेगु सहरले नै अहिले क्रोनाको कारण सुनसान र आतंकित भैरहेको तथा सिन्सजी चर्चका सदस्यहरुलाई सम्पर्क आउन सरकारले अनुरोध गरिरहेको छ । यसले के देखाउँछ भने एक मात्रै व्यक्ती संक्रमीत भयो र पहिचान ढिला गरी भएमा ठुलो जनसंख्या पनि सजिलोसँग प्रभावित हुन सक्दछ । तसर्थ बेलैमा यसबाट अति सतर्क हुनुको विकल्प हामीसँग छदै छैन । विश्वका शक्तिशाली अनि विशाल अर्थतन्त्र भएका मुलुकहरु समेत कसरी बच्ने भनेर दिनरात लागीपरेका छन् । यस्तो बेला नेपालजस्तो संक्रमणको उच्च जोखिम भएको मुलुकले कसरी आफ्ना नागरिक सुरक्षित राख्ने भनेर गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको हैन ? समय टर्न थालिसक्यो जस्तो लाग्दैन सरकार ?
यतिबेला तपाईं हामीले सुन्नुपर्ने हेर्नुपर्ने पढ्नुपर्ने समाचारहरु यससँग सम्बन्धित हुनुपर्ने थियो । वैदेशिक रोजगारीबाट फर्कने नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा मन्त्री परिषद्को बैठक बसेर महत्वपूर्ण निर्णय गरेको हुनुपर्दथ्यो । नेपालले पर्यटन वर्ष २०२० लाई केहि समयको लागि स्थगन गरिएको जानकारी दिदै अत्यावश्यक कामकाजी व्यक्ती बाहेक संक्रमण देखिएका देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गरी सम्बन्धित दूतावासलाई जानकारी गराएको हुनुपर्दथ्यो । मास्क तथा अत्यावश्यक औषधिहरु हरेक स्थानीय तहसम्म पुर्याउने ब्यबस्था गर्नुर्दथ्यो । भाईरसबाट बच्ने स्वास्थ्यकर्मीले लगाउने पोशाक तथा अन्य उपकरणको जोहो गर्नुपर्दथ्यो । हाम्रा उपलब्ध स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई उचित समन्वय गर्नुपर्दथ्यो । समग्रमा देशको पूरा ध्यान यसबाट बँच्न तल्लीन हुनुपर्ने थियो ।
चिन भन्दा कोरिया र कोरिया भन्दा खाडी अनि युरोप तिर सम्म यो भाईरस फैलिनु नेपालको लागि एकदमै खतराको घण्टी बज्नु हो । पचास लाख युवा वैदेशिक रोजगारीमा भएको मुलुकले के कुरा बिर्सनु हुँदैन भने यदी आपतकालीन अवस्था आईपरेमा सकेसम्म धेरै आफ्नै घर आँगन फर्किन चाहनेछन् । विदेशमा महामारी फैलिदै गएमा स्वदेशीले त अस्पतालमा वेड पाउदैनन् भने विदेशी नागरिकको हालत के हुन्छ ? त्यसमा हामी श्रम बेच्न जाने नेपाली नागरिकको हालत के होला ? आफ्नै सहकर्मी साथी समेत संक्रमित भएको खण्डमा जवर्जस्त उसँगको सम्बन्ध बिच्छेद गर्नुपर्ने यो भन्दा कठोर अवस्था सामना विदेशमा कसरी गर्ने ? अनुमान गरौँ त । यी कुराले नेपाली धमाधम स्वदेश फर्कन थाले के होला तिनीहरुको स्वास्थ्य परिक्षण र व्यवस्थापन गर्नु पर्दैन ? कि केही भएको छैन भन्दै त्यतिकै छोडिदिने हो ? हाम्रो हालको जस्तो सामान्य स्वास्थ्य परिक्षण अनि काम गराईले नेपाल सुरक्षित होला त ? अन्त्यमा श्री पशुपतिनाथले हामी सबैको रक्षा गरूँन् ।
(यो लेखको उद्देस्य भ्रम वा डर सिर्जना गर्नु नभइ नेपालको वर्तमान उदासिन परिवेशलाई झक्झकाउनु रहेको छ ।)  – पन्थ दक्षिण काेरियाकाे बुसानमा कार्यरत छन् ।                                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *