सर्लाही । रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेश कमिटीमो दोश्रो अधिवेशन सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । सो अधिवेशनबाट पुनः दिपक कुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका उपाध्यक्षहरुमा दर्शन प्याकुरेल, जानकी माया तामांग , सचिवमा नवराज विष्ट, उपसचिवमा सोनाम सिंह गोले, कोषाध्यक्षमा जितेन्द्र साफी निर्वाचित भएका छन । सो अवसरमा रिटर्नी फेडेरेसन नेपालको स्थापनाकालदेखि योगदान गर्नुभएका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरे, केन्द्रीय सचिव खेम कार्की, पूर्व स्थायी कमिटी सदस्य थानेश्वर सापकोटा लाई प्रदेश कमिटीले सम्मान गरेको थियो । यसैगरि विभिन्न जिल्लाबाट रिटर्नी उधमीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख आथित्यमा भएको कार्यक्रमको प्रमुख वक्ता नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठ रहनुभएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका ईन्चार्ज समेत रहेका कृष्ण बहादुर केसीको विशेष आथित्यता रहेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रञ्जना सरकार , रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्षहरु रामकृष्ण घिमिरे, शालिकग्राम बसेल, महासचिव जेपि सापकोटा,सचिवहरु खेम बहादुर कार्की , सरिता चौधरी , कोषाध्यक्ष जितेन्द्र बानिँया,स्थायी कमिटी सदस्य सिता बस्याल सहितको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
फागुन २७ ।