ओखलढुंगा– पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विहीबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । गिरीजा प्रसाद कोइराला फाउन्डेशनले नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइराला विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न १० विद्यालयका २६ जना विद्यार्थी सहभागी रहेकाे फाउन्छडेशनका सिचव जीवन शर्माले बताए ।
यो प्रतियोगितामा मावि तह स्तरका विद्यार्थी मात्रै सहभागी रहेको फाउन्डेशनका सचिव जीवन शर्माले बताए । कार्यक्रममा काँग्रस सभापति प्रदिप सुनुवार, जिल्ला समन्वय समितिका उप प्रमुख दिलकुमारी खतिवडा, नेताहरु बालकृष्ण दाहाल, कुमार लुईटेल, टेकराज भट्टराई, दानबहादुर बानिया, शुन्तला परियार लगायत सहभागी छन् । प्रतिस्पर्धीहरुले आफ्नो वतृत्व प्रस्तुत गरिरहेका छन् ।
प्रतियोगिता आजै समापन हुने बताइएको छ । स्व. कोइरालाको ०७५ चैत ७ गते निधन भएको थियो । उनैको स्मृतिमा उक्त फाउन्डेशन कांग्रेस नेताहरुले स्थापना गरेका हुन् ।