ओखलढुंगा । ओखलढुंगा सेवा समाज जापानबाट मृगाैला पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । राेजगारी सिलसिलामा जापानमा रहेका युवाहरुकाे सक्रियतामा संकलन गरिएको आर्थिक सहयोग सुनकोसी गाउँपालिकास्थित सिस्नेरीकी १५ वर्षीया मृगौला पीडित बालिका भेषकुमारी थापालाई प्राप्त भएको हो ।
ओखलढुंगा सेवा समाज जापनका अध्यक्ष सन्ताेष बानिया, उपाध्यक्ष सुरेस घिमिरे, सचिव फडिन्द्र पाेखरेल र काेषाध्यक्ष बिमल कार्कीकाे सक्रियतामा संकलन गरिएको ६० हजार १०० रुपैयाँ मृगौला पीडित भेषकुमारीलाई प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले हस्तान्तरण गरेका हुन् । मृगौलापीडित भेषकुमारी लामो समयदेखि टिचिङ अस्पचालमा उपचाररत छिन् । विरामीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग पुगोस् भनेर आफूहरुले कमाएको श्रमको केही हिस्सा सहयोग पठाएको उपाध्यक्ष सुरेश घिमिरेले बताए ।