ओखलढुंगा । मुक्तिनाथ विकास बैंकले ओखलढुंगाको मोलुङ गाउँपालिका ५ लिस्पुका एक मृततका परिवारको कर्जा मिनाहा गरेको छ । बैँकको लघुबित्त कार्यक्रम अन्तर्गत साना तथा लघु बैँकिङ डेस्क कार्यालय रामपुरद्वारा गठित चिउरिबोट मेलमिलाप मुक्तिनाथ महिला बिकास केन्द्रकी सदस्य रहेकी मृतक धनकुमारी सुनुवारले लिएको कर्जा मिनाहा गरिएको हो ।
सुनुवारको गत माघ २४ गते निधन भएको थियो । ऋणी सदस्यको मृत्यु भएको खण्डमा कर्जा मिनाहा गर्ने र तिरेको रकम फिर्ता गर्ने कार्यक्रम अन्तर्गत मृतकले लिएको साँवा रकम ७५ हजार र ब्याज एक हजार २५४ गरी जम्मा ७६ हजार २५४ रकम मिनाहा गरिएको हो । साथै सुनुवारको निधन भएपछि उनको परिवारलाई बैंकले क्रिया खर्च रकम स्वरुप ५ हजार रकम मृतकको श्रीमान मान बहादुर सुनुवार लाई हस्तान्तरण गरिएको छ ।
समुहका सम्पुर्ण सदस्यहरु तथा यस बैँकका साना तथा लघु बैंकिङ डेस्क प्रमुख घनश्याम वाग्ले र लेखापाल सुमन दाहाल को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।