ओखलढुंगा- प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा भोली शनिबारदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आयोजक संस्था उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । महोत्सवको सह-आयोजकमा एआइके ग्रुप काठमाण्डौं रहेको छ ।शनिबार विहान ११ बजे ओखलढुंगाको खेलमैदानमा महोत्सवको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उत्पादनको प्रर्वधन गर्दै आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा १ सय ५० स्टल रहने छन् । बैशाख १० गतेसम्म चल्ने महोत्सवको उद्घाटनमा विभिन्न जातीय तथा संस्कृति झल्कने झाँकी, नाच तथा गायत प्रस्तुत हुने छन् । विहान १० बजेदेखी दन्त शिविर लगायतका निशुल्क स्वास्थ्य सेवा प्रवाह गरिने आयोजकले जनाएको छ ।
महोत्सव उद्य्घाटनमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, काँग्रस नेता रमेश लेखक, संघीय प्रतिनिधीसभाका सांसद तथा नेकपाका केन्द्रिय सदस्य यज्ञराज सुनुवार पूर्व सांसद रामहरि खतिवडा, प्रदेश सभाका सांसदहरु र विभिन्न राजनीतिक दलका नेताहरुले महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनपछि चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुित रहनेछन् ।
प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा, उद्घाटनमा ईश्वर पोखरेल आउँदै
