चम्पादेवी– ओखलढुंगाका आठ स्थानीय तहमध्ये एक तहमा नेकपाको कमिटी एकिकरण सकिएको छ । चम्पादेवी गाउँपालिका पार्टी कमिटी एकिकरण सम्पन्न भएको हाे ।
चम्पादेवी गाउँपालिकामा पूर्व माओवादी केन्द्रबाट अध्यक्ष खड्गबहादुर कार्की र पूर्व एमालेबाट सचिवमा गणेश कार्कीकाे नेतृत्वमा पार्टी कमिटी गठन भएको नेकपाका युवा नेता सुरेश थापाले जनकारी दिए । चम्पादेवीमा नेकपाकाे ६५ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ । १० सदस्य पछि मनोनित गरिने गरि एकिकरण टुंगो लागेको हो ।
ओखलढुंगाका आठ स्थानीय तह मध्य चम्पादेवी एकता प्रकृया टुंग्याउने पहिलाे हाे भने अन्य स्थानिय तहमा एकिकरण टुंगिएको छैन । जिल्ला तहमा समेत अन्यौल रहेको छ । जिल्लामा अध्यक्षको टुंगो अझै लाग्न सकेको छैन,आठमध्ये तीन पूर्व माओवादी केन्द्र र पाँच पूर्व एमालले नेतृत्व लिने सैद्धान्तिक सहमति बने पनि पदाधिकारी चयनमा सहमति जुट्न सकेकाे छैन ।