महामारीका कारण रोजगारी गुमाई बिदेशबाट फर्केका हजारौं श्रमशिल युबाहरुमा केहि सीप, ज्ञान र अनुभब भएता पनि लामो समय पछि स्वदेश फर्केको कारण के गर्ने कसो गर्ने भन्ने अलमल र अन्यौल रहेको हुन्छ । यस्ता युवालाई स्वदेश फर्के पछि होटल वा स्थानीय क्वारेन्टाइनमा २ हप्ता राखिदै छ । यो फुर्सदको अबधिलाई सदुपयोग गरी उनीहरुलाई उद्धमशिलता,उत्पादन, स्वरोजगार तथा आत्मनिर्भरतातर्फ उत्प्रेरित गराउन समसामयिक बिषयहरु समेटिएको सूचनामूलक सामाग्रीहरु तयार गरी उपलब्ध गराउने र बिज्ञको सहयोगमा आमसञ्चार माध्यम वा अनलाइन मार्फत सूसुचित, प्रशिक्षित वा अन्तरकृया गराउदै स्वदेशमै सीप, रुची,क्षमता र सम्भावना अनुसारको उद्यम गर्ने तर्फ मानसिकरूपमा तयार गराउन सके कसो होला ? यस तर्फ समय छंदै प्रधानमन्त्री कार्यालय र संघ, प्रदेश तथा स्थानीय तहका सरोकारवालाको ध्यान आकृष्ट होस् र चुनौतीलाई अबसरमा रुपान्तरण गर्न सफलता मिलोस् शुभकामना छ । -वाँस्ताेला नेपाली दूतावास सिओलका श्रम कन्सुलर हुन् ।
क्वारेण्टाईन बसाइँलाई अवसरमा रुपान्तरण गर्न, यसाे गरे कसाे हाेला ?
