कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका नेपालीले ३० दिन सम्म भिषा थप गर्न पाउने

६ चैत, सिओल ।
दक्षिण कोरियामा कार्यावधी पूरा गरी नेपाल फर्किने तयारीमा रहेका ईपियस श्रमिक (नेपाली)ले ३० दिन सम्म भिषा अवधि थप गर्न पाउने भएका छन् । नेपाल सरकारले कोरोना प्रकोपको कारण देखाउँदै बुधवार कोरिया लगायतका मुलकबाट नेपाल जाने जहाजमा रोक लगाएको थियो ।
सरकारको सो निर्णयले भिषा अवधि पूरा गरी नेपाल फर्किने तयारीमा रहेका नेपाली अन्योलमा परेका थिए ।
आफ्नो देशको सरकारले कोरोना प्रकोपका कारण कोरियाबाट नेपाल फर्किन रोक लगाएको परराष्ट्र मन्त्रालयको पत्रको प्रतिलिपि सहित अध्यागमन कार्यालयमा गई बढीमा ३० दिन भिषा अवधि थप गर्न सकिने सिओल स्थित नेपाली दूतावासले जनाएको छ ।
यसअघि कोरिया सरकारले पनि कोरोनाकै कारण श्रमिक अभाव भएको भन्दै भिषा अवधि सकिन लागेका विदेशीकालागि ५० दिन सम्म भिषा थप गर्न सकिने व्यवस्था गरिसकेको छ ।

सोहि नियममा टेकेर यहाँ रहेका नेपालीहरुले आजैबाट भिषा अवधि थप गरिसकेको कोरियाकालागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *