किन भएनन् हतियार नविकरण ?

ओखलढुंगा– जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर हतियार राख्ने व्यक्तिले नियमानुसार हतियार नविकरण नगरेको पाइएको छ । सुरक्षा चुनौति भएका व्यक्तिले अनुमति लिएर हतियार राख्नेले वर्षेनी नविकरण गर्नु पर्ने प्रावधान भए पनि नविकरण नगरि राखेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार २०३५ साल यता ४९ जनाले व्यक्तिगत सुरक्षाको कारण देखाएर अनुमति लिइ हतिायार राखेका छन् । तीमध्ये ५ जनाले मात्रै नियमित नविकरण गराएका छन् । हतियार नविकरण गराउन र अबैध हतियार राख्नेले बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह पनि गरेको छ ।
हात हतियार तथा खरखजना ऐन २०१९ अनुसार अनुमति लिएर राखिएका हतियार नविकरण नगरे गैरकानुनी हुने कानुनी व्यवस्था छ । सोही ऐनले अनुमति लिएर हतियार चलाउन पाउने व्यवस्था पनि गरेको छ ।
हतियार लिएर नविकरण नगराउनेलाई सुचना दिएर नविकरण गराउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा टंक रम्तेलले बताए ।  नविकरण नगरिएका हतियार गैर कानुनी हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *