काठमाण्डाै – दक्षिण काेरियाबाट विदामा आउनुभएका नेपालीहरुकालागि विमान चार्टर गरि फर्किन चाहेमा अनिवार्य स्वास्थ्य परिक्षण गरेर जान त्यहाँकाे सरकारले भनेकाे छ । त्यसकारण क्वारेण्टाईनकाे व्यवस्था भएका पहिलो चार्टरमा जानेलाई मेरो ब्याक्तीगत सुझाव –
अस्पताल पुगेपछी Covid 19 को RDT टेस्ट गर्न जम्मा १० मिनेट लाग्छ । तपाईं आफ्नो सुबिधा अनुसार जिल्ला वा प्रदेश वा अन्य सुबिधा भएका अस्पतालबाट Covid 19 जचाउन सक्नुहुनेछ। महत्त्वपूर्ण कुरा, ६ तारिख RA 330 अष्ट्रेलिया जाँदै छ । यसरी हेर्दा १० तारिक यता KTM- ICN उडान हुने संभावना छैन भन्ने खबर छ। आज भोलि मा गरिएको टेस्ट १०/११ सम्म मान्य हुदैन । त्येसैले स्वस्थ्य परिक्षण उडान मिति पक्का भएको २/४अधि मात्र गराउदा राम्रो हुन्छ। यसो गरे पुनः दोहोराउनु पर्दैन
समय छ सोच बिचार गरि काम गर्दा हितकारी हुन्छ। बरु क्वारेन्टाइनको सुबिधा पक्का गर्नुहोला
क्वारेन्टाइन नहुनेहरु दोस्रो / तेस्रो उडानमा पर्नुहुने सम्भावना छ ।
काेरिया जानुअघि स्वास्थ्य जाँच गर्दै हुनुहुन्छ ? उडान मिति नताेकिँदा सम्म नआत्तिनुस
