औषधी बेच्ने अहेवलाई हाकिमको संरक्षण !

ओखलढुंगा । सरकारले निशुल्क वितरण गर्न स्वास्थ्य संस्थामा पठाएको औषधी बेच्ने अहेव जोगाउन जिल्ला स्वास्थ्य प्रमुख नै लागेका छन् । सुनकोसी गाउँपालिका ७, च्यानम स्वास्थ्य चौकीका अहेव मोहन बानियाले निशुल्क औषधी बेचेको, सेवाग्राहीमाथि गाली गलौज गर्ने गरेको आरोप लागे पनि छानविन गर्नुको सट्टा जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी बचाउमा लागेका हुन् ।

स्थानीयले कारवाही गर्न वडा कार्यालय र स्वास्थ्य कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि विभिन्न संचारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रमुख सुवेदीले सञ्चारकर्मीहरुलाई अप्ठेरोमा पर्ने चेतावनी दिन थालेका छन् ।

उनले टेलिफोन गरेर समाचार लेख्ने पत्रकारलाई प्रमाण विनाको समाचार लेखे अप्ठेरोमा पार्ने चेतावनी दिएका हुन् । स्थानीयले कारवाही गर्न गरेको उजुरी छानविन गर्नुको सट्टा समाचार लेख्ने सञ्चारकर्मीमाथि प्रमाण नभएका समाचार नलेख्न चेतावनी दिए पछि स्थानीयले समेत प्रमुख सुवेदीको कार्यशैलीमाथि प्रश्न गर्न थालेका छन् । कारवाहीको सट्टा सञ्चारकर्मीलाई चेतावनी दिएर ढाकछोप गर्न लागेका सुवेदी र अहेव बानियाको सम्बन्धबारे अनेक आशंका गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *