ओखलढुंगामा पिकेदेम्बा अल्ट्रा म्याराथन आयोजना हुँदै

दानुरी शेर्पा,

ओखलढुंगा । ओखलढुंगामा पहिलाेपटक म्याराथनकाे आयोजना हुने भएकाे छ । ओखलढुंगालाई पनि पर्यटकिय क्षेत्रका रुपमा चिनाउन म्याराथन आयोजना गर्न लागिएको हाे ।

पिकदेम्बा अल्ट्रा हाफ म्याराथनका रुपमा आयाेजना हुने यस म्याराथनकाे दुरि २१ किलाेमिटर रहेकाे आयाेजकको भनाई छ । म्याराथन नेपाल पर्यटन बोर्ड र ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गतेबाट सुरु हुने ओखलढुंगा पर्यटन बिकास समितिका काेषाध्यक्ष कुङ्गा शेर्पाले जानकारी दिए ।

उनका अनुसार ४२ सय मिटर उचाईमा रहेकाे पिकेडाँडाबाट सुरू भै २५ सय मिटर उचाईमा रहेकाे खिजिदेम्बा गाँउपालिकाकाे खिजिफलाटे बजारमा आएर म्याराथनकाे समापन हुनेछ । म्याराथनले ओखलढुंगा र साेलुखुम्बुकाे सिमानामा रहेकाे पिकेडाँडा साथै ओखलढुगांकै अग्लाे देम्बा डाँडाकाे पर्यटन प्रबर्दनमा थप टेवा पुग्ने लक्ष्य राखिएकाे काेषाध्यक्ष शेर्पाकाे भनाई छ । म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटसमेत धावकको सहभागिता हुने आयोजककाे दाबी छ ।

महिला र पुरुषलाई छुट्टाछुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुषलाई जनही नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै क्रमश दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ हुनेलाई चालीस, तीस, आठ, पाँच, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिने आयाेजकले जानकारी दिएका छन् । सुन्दर र रमणीय क्षेत्र रहेको पिके डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से लगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ । सरकारले घोषणा गरेको मुख्य सय गन्तव्यमध्ये पिके डाँडा क्षेत्र पनि मुख्य गन्तव्य हो भने ओखलढुंगाले पनि जिल्लाकै अग्लाे देम्बा डाँडाकाे पर्यटन प्रबर्दन गराउने हेतुले बर्सेनि देम्बा महाेत्सबकाे आयोजना गर्दै आएको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन लिएको लक्ष्यलाई साकार पार्न समेत म्यारथनले थप सहयोग पुर्याउने कार्यक्रम संयाेजक ओङ्ढा शेर्पाले बताए । पर्यटनकाे प्रचुर सम्भावना रहेकाे यश क्षेत्रकाे प्रबर्दनमा खिजिदेम्बा गाँउपालिका, ट्रेकिङ एसेन्जिज एसाेसियन नेपाल टान र पर्बताराेहण संघकाे पनि सहयाेग रहने जनाईएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *