ओखलढुंगाबाट ११ जना खेलाडी राष्ट्रिय खेलकुदमा भाग लिदै

 

ओखलढुंगाः आठौं राष्ट्रिय खेलकुदका लागी ओखलढुंगाबाट ११ जना खेलाडी सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुदपरीसदको आयोजनामा हुन लागेको आठौं राष्ट्रिय खेलकुदका लागि बिभिन्न खेलमा ओखलढुंगाबाट ११ जना खेलाडी सहभागी हुने भएका हुन् ।
१ नं प्रदेशका विभिन्न जिल्लामा गत फागुनमा भएको खेलाडी छनौटबाट पुरुष भलिवल, महिला भलिवल, सितेरीयो कराते, कबड्डी महिला, हेण्डबल पुरुष र महिला पौडीमा खेलाडी सहभागी हुने जिल्ल खेलकुद बिकास समिती ओखलढुंगाले जनाएको छ । प्रदेश १ स्तरीय खेलकुदबाट ओखलढुंगाबाट पुरुष भलिवलमा ३, महिला भलिबलमा २, सितेरीयो करातेमा १, कबड्डी महिलामा १, हेण्डबल पुरुषमा ३ र पौडी खेलमा १ जना गरी ११ जना खेलाडी राष्ट्रिय खेलकुदका लागी छनौट भएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष रुपलाल तामाङ्गले बताए ।
राष्ट्रिय खेलकुदका लागी भएको प्रदेश स्तरीय खेलाडी छनौटमा ओखलढुंगाबाट सहभागी महिला पौडी खेलाडी संग प्रतिस्पर्धि नै नभएका कारण स्वत छनौट भएको, सितेरीयो करातेको ६१ केजी समुहमा गोल्ड मेडल, ५० केजी समुहमा दोस्राे र एकलकाँटामा तेश्रो, महिला भलिवल दोश्रो, उसुमा तेस्राे र पुरुष हेण्डबलमा तेस्राे स्थान हाँसील गरेको थियो भने तेक्वान्दोको प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगीता खोटाङ्गमा भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *