आगलागीपीडितको पीडामा मल्हम लगाए खतिवडाले

ओखलढुंगा ।  नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सिद्धिचरण नगरपालिका वडा नं. २ चुहानछापका आगलागीपीडितलाई राहत सहयोग गरेका छन् । शनिवार घटना स्थल पुगेर खतिवडाले राहत सामग्री पीडितलाई प्रदान गरेका हुन् ।
उनले त्रिपाल, चामल, लगाउने कपडालगायतका उपभोग्य सामग्री सहयोग गरेको बताए । पीडितको पीडामा मल्हम लगाउन जजसले जे सकिन्छ त्यही अभियानस्वरुप पीडितलाई आफूले पनि सहयोग गरेको खतिवडाको भनाई छ ।

आगलागीपीडितलाई नेपाल सरकारले छिटोभन्दा छिटो उचित राहत सामग्री उपलब्ध गराउन समेत खतिवडाले अनुरोध गरेका छन् । उनले आगलागी नियन्त्रणमा अहोरात्र खट्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवाको प्रशंसा गरेका छन् ।

गत मंगलबार बेलुकी जंगलमा लागेको आगो गाउँ पसेपछि चुहानछापका ६ घर पूर्णरुपमा जलेका थिए । आगलागीबाट करिब ६५ लाख क्षति भएको थियो ।

हेर्नुहोस् तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *