अरिदमनकाे यस्ताे समाज सेवा !

ओखलढुंगा– नेपाली सेनाको ओखलढुंगास्थित अरिदमन गणले स्थानीय बालमन्दिर विद्यालयलाई फर्निचर र शौचालय हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि गणपति राजेश खकुरेलले विद्यालयका प्रधानाध्यापक शोभा शाक्यलाई शौचालयको चावी र १० जोर फर्निचर हस्तान्तरण गरे ।
विकास निर्माणमा नागरिकसँग सहकार्य गर्ने नेपाली सेनाको नीति अनुसार गणले आन्तरिक रुपमा जुटाएको स्रोत खर्चेर विद्यालयका लागि १० जोर डेक्सबेन्च र दुई कोठे शौचालय विद्यालयका लागि निर्माण गरिदिएको हो । गणपति खकुरेलले समुदाय सेना साझेदारी अन्र्तगत विकास निर्माणमा साझेदारी गर्दै आएको जानकारी गराएका थिए । उनले आगामी दिनमा जिल्लाबासीसँग सहकार्य गर्न गण तयार रहेको प्रतिबद्धता जनाए ।


विद्यालयमा सजिला डेक्स बेञ्च र शौचालय भएपछि पठन पाठनमा सहजता आएको भन्दै विद्यार्थी, अभिभावक र शिक्षकले खुसी व्यक्त गरे । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी पुष्पराज मल्ल, सशस्त्र प्रहरी बलका डिएस्पी रामचन्द्र थापा लगायत सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *