ओखलढुंगा । प्रदेशसभा क का सांसद अम्बिरबाबु गुरुङले जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित चुहानछापका आगलागी पीडितलाई राहत सहयोग गरेका छन् । उनले चामल, दाल, नुन, तेल, पानीलगायतका खाद्यसामग्रीसहित जस्तापाता र ग्याँस चुल्हो राहतस्वरुप सहयोग गरेका हुन् ।
शनिवार घटनास्थलमा पुगेर आगलागीपीडित ८ परिवारलाई सांसद गुरुङले सहयोग गरेका थिए ।
सांसद गुरुङले गरेको सहयोगको विवरण हेर्नुहोस्-
तस्बिर साभार : सविन कार्की