भैरहवा सिद्वार्थनगर बजार व्यवस्थापनमा समय र बार निर्धारण

 

भैरहवा-

सिद्धार्थनगर नगरपालिकाले लक डाउनको समयमा अत्यावश्यक सेवा सहित बजार व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले समय र बार निर्धारण गरेको छ ।

नगरपालिकामा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने,उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी,प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनी ,वडा अध्यक्षहरु कर्मचारीहरु लगायतको उपस्थितिमा सो निर्णण भएको हो ।

जसअनुसार खाद्यवस्तु पानी,दुध,फलफुल,तरकारी,पशुपंक्षी,र माछाको दाना,कुखुराको दाना,बिहान ५ बजे देखि ९ बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म सन्चालन गर्न सक्ने बताइएको छ ।

त्यसैगरी औषधी उत्पादन,ग्यास,बोटलिंग जस्ता कार्य निरन्तर रुपमा सन्चालन हुनेछन । कृषि सम्बन्धी कार्य सिजन अनुसार नियमित रुपमा सन्चालन हुनेछन । फेन्सी पसल,इलेक्टोनिक्स,भांडा पसल,सुनचांदी पसल र अन्य खुद्रा पसलहरु आइतबार,मंगलबार,विहिबार र शनिबार बिहान ११ बजे देखि ४ बजेसम्म सन्चालन हुने गरी नगरपालिकाले निर्णय गरेको छ ।

खाद्यन्नको होलसेल पसल,तथा हार्डवयरको होलसेल पसलहरु सोमबार,बुधबार,शुक्रबार र शनिबार बिहान ११ बजे देखि ४ बजेसम्म सन्चालन हुनेछन । स्टेशनरी तथा पुस्तक पसल,सवारी साधन सम्बन्धी पसलहरु सोमबार,बुधबार,शुक्रबार र शनिबार बिहान ११ बजे देखि दिउसो ४ बजेसम्म खोल्न पाइने निर्णय भएको छ ।

होटल,रेष्टुरेण्ट,बार,ब्युटिपार्लर,सैलुन,विद्यालय तथा शैक्षिक संस्था प्रशिक्षण तथा तालिम केन्द्र ,फुटसल,रंगशाला,धार्मिक तथा सांस्कृतिक भेला सम्मेलन ,सिनेमा हल,व्यायमशाला,सन्चालन गर्न पाइने छैन । त्यसैगरी सुर्ती र मदिराजन्य पसल पनि खोल्न नपाइने बैठकले निर्णय गरेको छ ।                                             बजारको मुख्यभागमा भिडभाड नगराउन सवारी साधन व्यवस्थित पार्किगं गर्न पनि बैठकले स्थान निर्धारण गरेको छ । वार्ड न.६ को पिपरहिया,वडा न.५ को हाटबजार पथ,देवकोटा चोक,आवारोड चोक परिसरमा मात्र पार्किग गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *